काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले बैशाख ४ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्ने भनेको थियो ।
सोमध्ये १० प्रतिशतले हुने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिसकेको छ । जसमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको थियो।
जारी पूँजीको २० प्रतिशतले हुने १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर भने वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि निष्काशन गरेको थियो ।
त्यस्तै २ प्रतिशतले हुने २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुने ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म आवेदन दिेन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्