सुर्खेत । शनिवार एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोहिलिमा रहेकाे एितहाँसीक प्काँक्रेबिहार क्षेत्र वरिपरि सरसफाइ गरेको छ । शनिबार परेकाे विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरिका साथै काक्रेबिहार वरिपरि सरसफाई गरेको हो ।
एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइ तथा बैंकका सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रमका साथै काक्रेबिहार वरिपरि सरसफाइ कार्यक्रम गरेको हाे । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै बिभिन्न सम्पदाहरूको सरसफाइ गर्ने गरेको एनएमबी बैंक लिमिटेड कर्णाली प्रदेशका एरिया प्रमुख मित्रराज प्याकुरेलले बताए । उनले सम्पदा दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सरसफाइ लगायतका सम्पदा संबन्धी कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।
उनले भने प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने छ । सरसफाइका साथै बैंकले काक्रेबिहारमा डस्बिन, झाडु, डसप्यान समेत हस्तान्तरण गरेको छ ।
विश्व सम्पदाको संरक्षण तथा संवर्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिँदै आइएको छ ।
उक्त कार्यक्रममा ए.एम.बी बैंक कर्णाली प्रदेशभरका सम्पुर्ण कर्मचारीहरूकाे सहभािगता रहेकाे थियो ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।
एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका बिजनेश डेभलपमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्