काठमडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रसहितका उपलब्धिहरु धरापमा परिसकेको बताएका छन् । माओवादी केन्द्रिय कार्यालयमा नेता कार्यकर्ताहरुसँग कुरा गर्दै उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षतासहितका उपलब्धिहरु संकटमा पर्दै गएको बताएका हुन् ।
‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ,’ उनको भनाई थियो ।
उनले भने–‘अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन् । हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।’
प्रतिक्रिया दिनुहोस्