Skip to content
Shikhar Insurance
National Life

काठमाडौं महानगरका सरकारी विद्यालयले कुनै पनि शुल्क लिन नपाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली २०७९ (नवौँ संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यर्थीबाट नियम १५२ बमोजिमका नियम १४६ (१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था भएको जानकारी गराएका छन् ।

यसैगरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपय विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै विभागमा गुनासो आएको हुँदा कुनै पनि शुल्क नलिन महानगरले आग्रह गरेको छ । अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिनेसमेत महानगरले चेतावनी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्