Shikhar Insurance
National Life

नर्भिक हस्पिटल ३० औं वर्षमा प्रवेश, स्वास्थ्य प्याकेजमा भारी छुटकाे अफर

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३०, बिहीबार २०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ ।

जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट हुने अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालले सो प्याकेजमा लेजर र हाइड्रा, आइभिएफ र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्याथेटराइजेशन ल्याब स्थापना गर्ने नेपालको पहिलो निजी अस्पताल नर्भिक सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागु गर्नेमा पनि पहिलो निजी अस्पताल बनेको अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् ।

३० वर्ष अगाडि ३० वटा बेडबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको अस्पतालले अहिले क्यान्सरको रेडियोलोजी बाहेक सम्पूर्ण उपचार सेवा सञ्चालन गरिरहेको सिंहले बताए ।

केही समय पहिले बाट मृगौला प्रत्यारोपण सेवा पनि प्रारम्भ गरेको तथा अहिलेसम्म शतप्रतिशत सफलताको नतिजा रहेको अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जनाएका छन् ।

३० वर्षको अवधिमा अस्पतालले झण्डै ३० लाख बिमारीहरुलाई उपचार सेवा प्रदान गरेको, जसमा ८० प्रतिशत पुराना बिमारीहरु र २० प्रतिशत नयाँ बिमारी थपिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिश्रले बताए । उनका अनुसार अस्पतालले निर्माण गरिरहेको नयाँ आधुनिक भवनको काम सम्पन्न भएपछि नर्भिकले एफपिओ समेत जारी गर्ने तयारी गरको छ ।

उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको नर्भिक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालको दाबी रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्