Skip to content
Shikhar Insurance
National Life

वडाध्यक्षको व्यक्तिगत खर्चमा १ हजार २२० विद्यार्थीको बिमा

Hyundai
NCELL
NIMB

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गरेका छन् । उनले आफ्नै खर्चमा एक हजार २ सय २० विद्यार्थीको बिमा गराएका हुन्।

वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बिमावापत प्रतिविद्यार्थी २ सयका दरले १ वर्षको प्रिमियमवापत २ लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ । चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम ५ वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताए। वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक २६ हजार ६ सय ७० पाउँदै आएका छन् । सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE