Shikhar Insurance
National Life

सम्पति शुद्धीकरणमा खेलाँची गरेपछि तीन बीमा कम्पनीलाई कारवाही, को को परे ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा जीवन बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । सम्पति शुद्धीकरणमा खेलाँची गरेको भन्दै प्राधिकरणले तीन वटा जीवन बीमा कम्पनीहरुलाई नगद जरिवाना गरेको हो ।
प्राधिकरण स्रोतका अनुसार युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई नगद जरिवाना गरिएको हो ।

यी तीनै बीमा कम्पनीहरुले सम्पति शुद्धीकरणमा खेलाँची गरेको प्रमाण फेला परेको थियो । प्राधिकरणले यी कम्पनीहरुलाई दुई दुई लाख नगद जरिवाना गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एफएटिएफको रिपोर्ट अनुसार नेपाल सम्पति शुद्धीकरणको ग्रे एरियामा पर्ने सम्भावना छ । नेपालका बीमा कम्पनीहरु सम्पति शुद्धीकरणको उच्च जोखिममा रहेको आरोप लाग्दै आएको छ ।
बीमा कम्पनीहरुले सिंगल प्रिमियमका पोलिसीहरु बिक्रि गर्दा सम्पतिको स्रोत नखोजेको आरोप लाग्दै आएको छ ।

बीमा प्राधिकरणले पछिल्लो समय सम्पति शुद्धीकरणमा खेलाँची गर्ने र उधारो बीमा गर्ने कम्पनीहरुलाई प्राथमिकताका साथ कारवाही गर्दै आएको छ ।

बीमा प्राधिकरणले यस अघि उधारो बीमा गरेको प्रमाण फेला परेपछि प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई कारवाही गरेको थियो । फागुन २६ गतेको प्राधिकरण सञ्चालक समिति बैठकले यी दुई कम्पनीहरुलाई दुई दुई लाख नगद जरिवाना गरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुमा गरिएको स्थलगत सुपरिवेक्षणमा यी कम्पनीहरुले उधारो बीमा लेख बिक्री गरेको भेटिएको थियो । स्थलगत सुपरिवेक्षणको प्रतिवेदन रिपोर्टले औल्यांएको विषयमा प्राधिकरणले थप अध्ययन गरी कारवाही अघि बढाएको प्राधिकरणका एक अधिकारीले बताए । प्राधिकरणले लागु गरेका नियामकिय व्यवस्थाहरु कार्यान्वयन नगरेमा कम्पनीहरुलाई पहिलो पटक २ लाख, त्यसपछि २५ लाख र त्यसपछि ५० लाख रुपैयाँ जरिवाना गर्न पाउने कानुनी व्यवस्था बीमा ऐनमा छ । पटक पटक नियम तोड्ने कम्पनीहरुलाई भने प्राधिकरणले ५० हजारका दरले निरन्तर जरिवाना गरिरहन पाउँछ ।

 

प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स प्राधिकरणको कारवाहीमा, उधारो बीमा गर्दा लाखाैं जरिवाना

GBIME

प्रतिक्रिया दिनुहोस्