काठमाडौं । बैशाख महिनामा बैंकको ब्याजदर घटाउने वा यथास्थितीमा राख्ने भन्नेबारे निर्णय गर्न नेपाल बैंकर संघको पूर्ण कमिटीको बैठक अहिले ९ बजेबाट बसेको छ । यो बैठकले बैशाख महिनामा बैंकको ब्याजदर कतिहुने भन्ने निर्णय गर्ने छ ।
सरकार तथा अर्थमन्त्रीले ब्याजदर घटाउनुपर्ने निर्देशन दिइरहँदा तथा बजारले समेत तेसैगरी ब्याजदर घट्नुपर्ने आशा गरिरहेका बेला बैंकर संघको पूर्ण कमिटीको बैठक बसिरहेकाे छ ।
स्रोतका अनुसार आधा बैंकर ब्याजदर घटाउन नहुने यथास्थितीमा राख्नु पार्ने अडानमा छन् । आधा बैंकर भने ब्याजदर घटाउनुपर्ने भनिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्