काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन १९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
फेमस न्यूज
३
प्रतिक्रिया दिनुहोस्