Skip to content
Shikhar Insurance
National Life

जग्गाको कित्ताकाट खोल्दै सरकार, घरजग्गा कारोबारलाई सहजीकरण पनि

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खोल्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै जग्गाको कित्ताकाट खोल्ने तयारी भैरहेको सूचना सार्वजनिक गरेका हुन् । सोमबार अर्थमन्त्री, मुख्य सचिव, गभर्नर, अर्थ सचिव, बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अब जग्गाको कित्ताकाट खोलिने बताएका हुन् ।

उनले घर जग्गाको कारोबारमा कडार्य गरिएकाले अर्थतन्त्रमा संकट आउन थालेको निकर्ष पनि सुनाएका थिए । “अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री प्रचण्डले अब घर जग्गाको कारोबारलाई सरकार र राष्ट्र बैंकले सहजीकरण गर्ने पनि स्पष्ट पारेका थिए । घर जग्गा कारोबारमा कडाई हुँदा तरलताको अभाव देखिएको, राजश्व संकलनमा पनि कमी आएको पनि प्रधानमन्त्री प्रचण्डको निकर्ष थियो । सरकारले जग्गाको वर्गिकरण गर्ने भन्दै कित्ताकाट रोक्दै आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्