काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजिबजारका लगानीकर्ताहरुको मनोबल वृद्धि गर्नेबारे अर्थमन्त्री संग छलफल भैरहेको बताएका छन् ।
पुँजिबजारका लगानीकर्ताका विभिन्न संघ ससंगठनका प्रतिनिधिहरुको ज्ञापन पत्र बुझ्दै अध्यक्ष हमालले भने, “बजारलाई थप बलियो बनाउने, लागत घटाउने र गलत अभ्यास रोक्ने हाम्रो ध्येय हो । बजारमा लगानीकर्ताको मनोबल वृद्धि गर्न केही साहशिक निर्णय गर्नु पर्नेछ । राष्ट्र बैंक, अर्थमन्त्रालय र धितोपत्र बोर्ड र्क ठाउँमा आउनु पर्छ । अर्थमन्त्री संग शाहसिक निर्णय लिने कुरा आएको छ । लगानीकर्ताको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”
उनले बजारको दिगो बिकासका लागि सबै एक ठाउँमा आउनु पर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्