Skip to content
Shikhar Insurance
National Life

समिट होटल परियोजनामा हामी सामान्य साझेदार मात्र हौं: सीजी डेभलपर्स

Hyundai
NCELL
NIMB

काठमाडौं । होटल समिट प्रा.लि. ले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनामा आफ्नो हात नरहेको जनाउँदै सीजी डेभलपर्सले भनेको छ, ‘होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी एक तिहाईभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्न चाहान्छौँ ।’

‘होटल समिट प्रा.लि. ले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीको को नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको छ,’ सीजी डेभलपर्सले भनेको छ ।

समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरुमा असर परेपछि सीजीको नाम जोडिएर केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणीहरु भएको घटनाप्रति लक्ष्ति हुँदै सीजी डेभलपर्सको यस्तो धारण आएको हो ।

परियोजना विकासका क्रममा उत्पन्न समस्यामा सीजी जिम्मेवार रहेको भन्दै प्रकाशित समाचार र टिप्पणीहरू सत्य नभएको सीजी डेभलपर्सले जनाएको छ । सीजी डेभलपर्सले नेपालका प्रतिष्ठित परियोजनाहरू काठमाडौं रेसिडेन्सी, एमभिआर, हरिसिद्धि र सीजी हिल्स हात्तिगौंडा निर्माण सम्पन्न गरि सम्वन्धित उपभोक्तालाई हस्तान्तरण गरिसकेको छ ।

‘तर, होटल समिट प्रा.लि. को परियोजनामा सीजी प्रत्यक्ष रुपमा व्यवस्थापनमा संलग्न नरहेको अवस्थामा यस परियोजनामा हामीलाई जिम्मेवार ठह¥याउने गरि गरिएको एकपक्षिय टिकाटिप्पणीप्रति हामीलाई दुःख लागेको छ,’ डेभलपर्सले भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्