Shikhar Insurance
National Life

ग्रीन डेभलपमेन्ट बैंकद्वारा ४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २७, सोमबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने कुल ४ प्रतिशत लाभांश घोषण गरेको हो ।

बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको १९१औं बैठकले सो दरमा लाभांश वितरण गर्न निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हाल कायम चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँको ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशतका दरले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने, ०.२० प्रतिशतका दरले हुन आउने १० लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसतिह) रहेको छ ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्