दमौली । भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) ले तनहुँको दमौलीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्याँस २ दमौलीस्थित उद्योग बाणिज्य संघको हलमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको हो ।
दामौलीमा भिजन सेक्युरिटिजको लगानीकर्ता सचेतना कार्यक्रम, भिजन सेक्युरिटजको दमौलाी शाखा शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा व्यास नगरपालिकाका वडा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु, तनहुँ टेलिभिजनका अध्यक्ष शंकर राज नहर्की, तनहुँ उद्योग वाणिज्य संघ दमौली वजार इकाईका महासचिव माधव न्यौपाने, भेञ्चर क्यापिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रशिक्षक भिम प्रसाद पन्त, व्यास नगरकी उप–प्रमुख ईन्दिरा गैरे लगायतको उपस्थिति रहेको भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले जानकारी दिए ।
दोश्रो बजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानिकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रालिका कार्यकारी अध्यक्ष तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, कम्पनीको आधारभुत वित्तिय विवरणको विश्लेषण तथा आधारभुत प्राविधिक विश्लेषण सम्वन्धमा भेञ्चर क्यापिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आर्थिक मन्दीको असरले शेयर वजारलाई पनि प्रभावित बनाएकोले हालको अवस्थामा सुझबुझका साथ लगानि गर्न उप–मेयर ईन्दीरा गैरेले आव्हान गरिन । यसै गरि कम्पनीको अवस्था, वित्तिय विवरण, कम्पनीका सञ्चालकहरु आदि बारे राम्रो संग जानकारी लिएर शेयर वजारमा लगानी गर्नु पर्ने विषयमा उद्योग वाणिज्य संघ तनहुका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा सामाजिक संघ संस्थका प्रतिनिधि तथा लगानिकर्ताहरु गरि लगभग २०० जनाको उपस्थिति रहेको थियो ।
यस भिजन सेक्यूरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) ले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–वेनी कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरि उपत्यका वाहिर ९ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आएको छ ।
नियामक निकायहरुबाट उपत्यका भित्र पहिलो पटक शाखा सञ्चालनको अनुमती प्राप्त गरि ललितपुर महानगरपालिका वडा नं. २०, कुमारीपाटीमा शाखा कार्यालय सञ्चालन गरि उद्घाटनको तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्