Skip to content
Shikhar Insurance
National Life

सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर सूचीकृत गरेको छ। आइतबार कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर नेप्सेले सूचीकृत गरेको हो।

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले टिएएमओआर कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर, कर्मचारीहरुलाई वितरण गरिएको १६ लाख ६६ हजार २५० कित्ता सेयर, र सर्वसाधारण सेयरधनीहरु (सामुहिक लगानी कोष र बैदेशिक रोजगारीमा रहेका नेपाली समेत) ४९ लाख ९८ हजार ७५० कित्ता र संस्थापकहरुले लगानी गरेको २ करोड ३३ लाख २७ हजार ५०० कित्ता गरी कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्