Shikhar Insurance
National Life

नेशनल एकेडेमी र चितवनको सेभेन स्टार होटलबिच वित्तिय सेवा सम्बन्धी सम्झौता

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौ. । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहाको होटल सेभेन स्टार प्रालिबिच संस्थागत सल्लाहकारको सेवा लिने दिने विषयमा द्विपक्षिय समझौता सम्पन्न भएको छ । काठमाडौंमा चैत २४ गते सम्पन्न सम्झौतामा नेशनल एकेडेमीका तर्फबाट संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारका तर्फबाट प्रबन्ध संचालक माधव दवाडिले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेशनल एकेडेमीले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोबार र क्षमता विस्तार, लगानी श्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनीका रुपमा आईपीओ निष्काशन, होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैशाख पहिलो हप्ताबाट संचालनमा आउन लागेको नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेजले बैकं बित्तिय संस्था, बीमा कम्पनी, सहकारी, धितोपत्र कम्पनी, मर्चेन्ट बैं्रकर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उद्योग व्यवसायलाई सहयोग पुग्ने गरि वित्तिय परामर्श, काउन्सलिङ र कोचिङ जस्ता सेवा दिनेछ ।

विश्वव्यापी आर्थिक मन्दिको चपेटाबाट नेपाल समेत ग्रसित भैरहेका बेला उद्योग व्यवसाय चल्न नसकि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जाको आकार निरन्तर बढिरहेको छ । यस्तो विषम परिस्थितिमा बिशेषज्ञहरुबाट उद्योग व्यवसायको सफल सञ्चालन सम्बन्धी आवश्यक सल्लाह तथा परामर्श दिने उदेश्यले एडेडेमीको स्थापना भएको हो ।

कम्पनीमा नेपाल बैंक, कृषि बिकास बैकं र बिमा समितिका पूर्व प्रमुख तथा चार्टर्ड एकाउन्टेन्ट देबेन्द्र प्रताप शाह, महालक्ष्मी फाईनान्स, महालक्ष्मी बिकास बैंक, नेपाल लाईफ, एशियन लाईफ, नेपाल बिमक संघका पुर्व प्रमुख रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाईनान्स, युनाईटेड फाईनान्स, सिद्धार्थ बिकास बैंकका पुव प्रमुख अजय कुमार मिश्र तथा अन्य अनुभवि अधिवक्ता, चार्टर्ड एकान्टेन्ट, बीमा विज्ञ, लघुविज्ञ र सञ्चार उद्यमीहरुको टिम संलग्न रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्