Shikhar Insurance
National Life

ब्याजदर एकल अंकमा ल्याउनै पर्छ, चालुपुँजी कर्जा मार्गदर्शन दुई वर्ष रोकौंः अध्यक्ष गोल्छा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार २२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या निजी क्षेत्रको मात्र नभई देशकै भएको बताएका छन् ।

राप्रपा नेपालले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष गोल्छाले भने–“अहिले कोही त्यस्तो व्यक्ति छैन, जो समस्या नभोगिरहेको होस् । यो निजी क्षेत्रको मात्र होइन, राष्ट्रको पनि समस्या हो”, अध्यक्ष गोल्छाले भने । निजी क्षेत्रले अहिलेको जस्तो समस्या यसअघि कहिल्यै नदेखेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यून राजस्व सङ्कलन, रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढ्नु, चर्को मुद्रास्फीतिलगायत समस्या समाधानका लागि सबै निकाय र क्षेत्र गम्भीर हुनुपर्ने गोल्छाको भनाइ छ । कोभिड–१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्नका लागि राष्ट्र बैंकका लचिला नीति पछि एकैपटक कडा बनाउँदा त्यसको असर बजारमा देखिएको उनको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका रुपमा उपलब्ध गराएको एक खर्ब रकमको उचित व्यवस्थापन नभएको पनि गोल्छाको तर्क छ । “कोभिड–१९ पछि पुनर्कर्जाको रु एक खर्ब निजी क्षेत्रले उपभोग गर्न पाए । बजारमा कृत्रिम रुपमा तरलता बढाइयो तर त्यसलाई समयमा व्यवस्थापन गरिएन”, गोल्छाले भने, “बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरे । आयात बढ्यो । घरजग्गा र शेयरमा लगानी भयो तर यहीबीचमा शोधानान्तर स्थिति र विदेशी मुद्रासञ्चिती बढाउन राष्ट्र बैंकले कडा नीति लियो ।” लचिलो नीतिबाट राष्ट्र बैंकले एकैचोटी कडा मौद्रिक नीति कायम गरेर पनि समस्या भएको उनको भनाइ छ ।

अहिले तरलता अभावका कारण ब्याजदर महँगो भएको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जासमेत बढ्दै गएको गोल्छाको भनाइ छ । “अहिलेको चर्को ब्याजदरले उद्योग–व्यवसायका लागि वातावरण बन्दैन । ब्याजदर एकल दरमा आउनै पर्छ । त्यस्तै खराब कर्जा पाँच प्रतिशतसम्म पुग्ने देखिएको छ । यसले बैंकको नाफा घट्ने र उनीहरुले थप कर्जा बढाउन सक्ने अवस्था रहन्न”, गोल्छाले भने । तरलता अभावको समस्या समाधान गर्न सरकारले तत्काल बजारमा दुई अर्ब पठाउनुपर्ने उनको भनाइ छ । त्यस्तै, चालु पुँजी निर्देशिका दुई वर्षपछि मात्रै कार्यान्वयनमा ल्याउन र समस्यामा रहेको सहकारी क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक रहेको गोल्छा बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्