Shikhar Insurance
National Life

घट्यो इन्धनको मूल्य, डिजेल मट्टि तेल र हवाईमा १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौती

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार १९:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ सम्पन्न निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ र डिजेल, मट्टि तेल र हवाई इन्धनको मूल्य लिटरमा १०।१० रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक उमेश थानीले सिंहदरबारलाई जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ पर्छ भने डिजेल र मट्टि तेलको मूल्य प्रति लिटर१६५ रुपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकको मूल्य प्रति लिटर १६० रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य प्रति लिटर १.३५ डलर कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत अर्थात प्रति सिलिण्डर १८ सय रुपैयाँ नै कायम गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमले अझै आईओसीलाई १४ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्