काठमाडौं । जोली फेमिलि डेन्टल केयरमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक तथा जोली फेमिलि डेन्टल केयर बीच बैंकका कार्ड बाहक ग्राहकलाई फेमिलि डेन्टल केयरमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्