Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको नयाँ बर्ष अफरः १२.९९% व्याजमा कर्जा, सेवा शुल्कमा भारी छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर घर खरिद अथवा निर्माण गर्न आवास कर्जा र व्यवसायिक कर्जामा सुलभ व्याजदर कर्जा योजना ल्याएको छ ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९% को आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्नुका साथै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा थप ०.२५% छुट प्रदान गर्ने र उक्त छुट सुविधा सिमित समय अवधिका लागि रहेको जनाएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ ।

व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बंैकले प्रदान गर्ने छ ।

हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बिच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको जनाएको छ ।

यो महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने समेत जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्