काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने कुल ४.६४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको चैत्र १६ गते बिहिबार बसेको संचालक समितिको ३४९औं बैंठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्