Shikhar Insurance
National Life

आजबाट सुरु हुँदै आइपीएलको १६ औं संस्करण, यस्ता छन् बिशेषता

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपीएल)को १६ औं संस्करण आजबाट सुरु हुँदैछ । आइपीएल २०२३ मा १० टिमले सहभागीता जनाउनेछन् । जसमा दिल्ली क्यापिटल, चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स, राजश्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेञ्जर्स बैंगलोर, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, लखनउ सुपर जायन्टस् र गुजरात टाइटन्स छन् । आइपीएलमा कुल ७४ वटा खेल आयोजना हुनेछन् ।

७० खेल लिग हुनेछन् भने बाँकी ४ वटा प्ले अफ हुनेछन् । यी खेलहरु भारतका बिभिन्न १२ शहरका क्रिकेट स्टेडियममा आयोजना हुनेछन्। जसमा अहमदावाद, मोहाली, लखनउ, हैदरावाद, बैंगलोर, चेन्नई, दिल्ली, कोलकाता, जयपुर, मुम्बई, गुवाहाटी र धर्मशालामा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लिग चरणमा रहेक टिमले १४ वटा खेल खेल्नेछन् । तिमध्ये ७६ वटा खेल भने होम ग्राउण्डमा हुनेछ । २४ मेदेखि २७ मेसम्म प्ले अफका खेलहरु हुनेछन् भने २९ मेमा आइपीएल २०२३ को फाइनल खेल हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्