काठमाडौं । काँग्रेस छाडेका डा. स्वर्णिम वाग्लेले तनहुँबाट प्रतिनिधी सभाको उप निर्वाचन लड्ने भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उप निर्वाचन लड्न औपचारिक सिफारिस गरेको हो । त्यस्नै, बारा २ बाट पूर्व प्रहरी रमेश खरेललाई निर्वाचन लडाउने रास्वपाले औपचारिक घोषणा गरेको छ । रास्वपाका सभापति रबि लामिछाने स्वयं चितवन २ बाट चुनाव लड्दैछन् । सभापति लामिछानेले एकको बदला तीन सांसद लिएर सिंहदरबार छिर्ने घोषणा नै गरेका छन् ।
बैशाख १० गते चितवन २, तनहुँ १ र र बारा २ मा उप निर्वाचन हुँदैछ । चितवन नागरिकता प्रकरणका कारण रबि लामिछानको सांसद गुमेपछि खाली भएको हो भने तनहुँमा राष्ट्रपति र बारामा उप राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधी सभा सिट खाली भएको हो ।
प्रतिक्रिया दिनुहोस्