Shikhar Insurance
National Life

नयाँ वर्षमा यामाहाको ‘पावर अफ फाइभ’ अफरः ५० हजार क्यास ब्याकसहित आईफोन जित्ने मौका

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार १९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । ‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत रु १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड्स जित्ने मौका पाउनेछन् । यो योजना आर१५, एमटी१५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यमाहाा पावरअफ५ डटकममा गएर क्युआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु। १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरुले आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।
एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्छन्,–‘हामी २०८० को लागि ूपावर अफ फाइभू अफर सुरु गर्न पाउँदा रोमाञ्चित छौं । यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो । हामी हाम्रो ‘पावर अफ फाइभ’ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं । यस सहकार्यमार्फत् हामी प्रदर्शन र गुणस्तरको लागि हाम्रो जोश स्थापित गर्न तथा थप साहस र थ्रिल खोज्ने व्यक्तिहरूसम्म पुग्ने कुरामा आशावादी छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ । यो अफर आर १५ र एमटी१५ र फ्यासिनो बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ । यामाहाको ूपावर अफ फाइभू योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो । खरीदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्