Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकले सुरु गर्यो आफ्नै पेमेन्ट स्वीच, यस्ता हुनेछन् फाइदा

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले सोसाइटी म्याग्रेबाइन द मोनिटेक्यु(एसटुएम)सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच(इटीएफ) सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा आम ग्राहकहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो ।

यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको स्वीचको उच्चतम सदुपयोग गरी ग्राहक महानुभावहरु माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने बैंकको दावी छ ।
ग्राहकहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोशेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिएको बैंकको दावी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्