Shikhar Insurance
National Life

स्वाप रेसीयो बढाउन विवादित कर्जा ‘राइटअप’ गर्दै लक्ष्मी बैंक, समान हैसियतमाथि प्रश्न

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले गत पुस २९ गते समान हैसियतमा मर्जरको सम्झौता गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतिको पाइपलाइनमा छन् । यी बैंकलाई राष्ट्र बैंकले गत फागुन मै मर्जरको सैद्दान्तिक स्वीकृति समेत दिइसकेको छ ।

अहिले मर्जरको अन्तिम स्वीकृति लिन संयुक्त मर्जर कमिटी सम्पत्ति तथा दायित्व मुल्यांकन (डीडीए) गर्न जुटिरहेका छन् । डीडीएको प्रकृयामा संयुक्त मर्जर कमिटी रहेको अवस्थामा लक्ष्मी बैंक भने सम्पत्तिको मुल्यांकनमा प्रभाव पार्ने कर्जाहरुको सेटलमेन्टमा लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजभन्दा ८ वर्ष अघि नै बैंकले शतप्रतिशत प्रोभिजन गरि खराब कर्जामा वर्गिकरण गरेको कर्जाहरु अहिले धमाधम राइटअप अर्थात कर्जा अपचलन गरिरहेको छ । राष्ट्र बैंकद्वारा जारी ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’ अनुसार प्रारम्भिक सम्झौतामा उल्लेख गरेको स्वाप रेसीयो डीडीए गराउँदा ५ प्रतिशभन्दा तलमाथि भएमा परिवर्तन हुन्छ । अर्थात प्रारम्भिक सम्झौतामा उल्लेखित स्वाप रेसियोभन्दा ५ प्रतिशत थपघट हुँदासम्म राष्ट्र बैंकले प्रारम्भिक स्वाप रेसियोमै गाभ्ने गाभिन अन्तिम स्वीकृति दिन्छ । सो भन्दा बढीको अवस्थामा भने डीडीए रिपोर्टमा आएकै स्वाप रेसियोको आधारमा अन्तिम सम्झौता गर्नु पर्ने बाध्यता बैंक तथा वित्तीय संस्थालाई छ ।

मर्जर भाँडिएका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले यस्तो निर्णय लिनुको मुख्य कारण भनेको नै प्रारम्भिक सम्झौता अनुसार डीडीएमा स्वाप रेसियो थपघट हुनु हो । लक्ष्मी बैंकले पनि डीडीए रिपोर्टमा स्वाप रेसियो नघटोस् भनेर नै आफ्नो रिजर्भ बढाउने भरपुर प्रयास अहिले गरिरहेको छ । बैंकको सम्पत्तिसँगै गुडविल बढाउन पनि विवादित कर्जाहरु सेटलमेन्ट गर्न थालेको छ । धितोले नै धान्न नकेर बर्षौदेखि असुलीमा जान नसकेका कर्जाहरु लक्ष्मी बैंकले एक दिनमै अपलेखन गरेको छ ।

जसमा बैंकले एलाइन्स म्यानेजमेन्ट सर्भिस, न्यू जय लक्ष्मी गहना गृह, चरिकोट रिसाल ग्रुप, भैरवाह दर्शन ग्रुपको फागुन २९ गते कुल २४ करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेको हो ।

जसमा एलाइन्स म्यानेजमेन्ट सर्भिस ७ करोड ३५ लाख रुपैयाँ, न्यू जय लक्ष्मी गहना गृहको ६ करोड १० लाख रुपैयाँ, चरिकोट रिसाल ग्रुपको ३ करोड रुपैयाँ भैरवाह दर्शन ग्रुपको ६ करोड ३० लाख रुपैयाँ राइटअप गरेको हो । यी कर्जाहरु संकास्पद तथा विवादीत हुन् भनेर २०७६ सालमै बैंकका कार्यकारी अधिकृत (सीइओ) अजय विक्रम शाहले उल्लेख गरेका थिए ।

 

बैंकले सनराइजसँग समान हैसियत कायम राख्न यस्ता विवादीत कर्जा राइटअप गरी ४ अर्ब १ करोड ४३ लाख रुपैयाँको रिर्जभलाई बढाएर ४ अर्ब २५ करोड रुपैयाँ पुर्याइसकेको छ । बैंकले आफ्नो सम्पत्ति बढाउन विवादीत कर्जा सेटलमेन्टको बाटो अपनाउनुको मुख्य कारण भनेको यी ऋणीहरु बैंककै उच्च व्यवस्थापनका व्यक्तिहरुको सेटिङको रहेको बैंक स्रोतको भनाइ छ । बैंकले विभिन्न समयमा गरेका बदमासीको विषयहरु सञ्चार माध्यमहरुमा आउन थालेपछि यस्ता विवास्पद कर्जाको अपलेखन धमाधम गर्न थालेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेपछि राष्ट्र बैंकको प्रवधान अनुसार कर्जाको वर्गिकरण गर्दै सोही अनुसार प्रोभिजन गर्नु पर्छ । साँवा ब्याज नियमित नभएको समयअनुसार १.३ प्रतिशतदेखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी वापत प्रोभिजन बैंकले गर्नु पर्छ । सोही अनुसार उल्लेखित ऋणीहरुको कर्जाको साँवा ब्याज भुक्तानी नभएको उल्लेख गर्दै सीइओ शाहले असुलीमा बैंक गइसकेको कर्मचारीहरुलाई जानकारी गराएका थिए ।

यसरी सुरु भयो बैंकमा कर्जा दुरुपयोगको छानबिन
लक्ष्मी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले २०७१ फागुनमै बैंकद्वारा प्रवाहित केही कर्जाहरुको दुरुपयोग भएको, बैंकिङ अभ्यास भन्दा बाहिर गएर कर्जा लिइएको र सो कर्जाहरुको भुक्तानी अनियमित भइरहेको भन्दै त्यस्ता प्रवृत्ति रोक्न बैंकका कर्मचारीहरुले व्यवस्थापनलाई सहयोग गर्न भनेका थिए ।

बैंकका सीइओ खालिङले आन्तरिक रुपमा सकुर्लर नै जारी गर्दै व्यवस्थापनलाई सहयोग गर्न भनेका हुन् । जसको केही समय पछि नै बैंकका लगानीकर्ता समुहले व्यवस्थापन र लक्ष्मी बैंक कर्मचारीलाई नै यस्ता कर्जाको छानबिन होस् भनेर उजुरी हालेको थियो । तर, बैंक व्यवस्थापन र कर्मचारी युनियनले सो बारेमा तत्काल कुनै चासो देखाएनन् ।

बैंकका लगानीकर्ता समुहबाट पटक/पटक यस्ता उजुरी पर्न थालेपछि भने लक्ष्मी बैंक कर्मचारी युनियनले ५ वर्ष पछि यस्ता कर्जाको छानविनको व्यवस्थापनलाई पत्रचार गरेको थियाे। कर्मचारी युनियनले आन्तरिक लेखा परिक्षण, जोखिम व्यवस्थापन इकाइ तथा रिकभरीको विवरण माग गरेका थिए । युनियनको सो पत्रचारको जवाफमा बैंकका सीइओ अजय विक्रम शाहले गरेका थिए ।

जसमा सीइओ शाहले २०७६ मंसिर १३ गे विवादीत कर्जाहरुको नाम नै उल्लेख गर्दै ती कर्जाहरुको धितो असुली गरि कर्जा सेटलमेन्ट गर्ने कर्मचारीहरुलाई इमेल पठाउँदै भनेका हुन् । सो समय सीइओ शाहले इमेल मार्फत् कर्मचारीहरुलाई यस्ता विषयहरु बाहिर आउँदा बैंकिङ कसुरमा कर्मचारीहरु नै फस्न सक्ने डर समेत देखाएका थिए ।

जसले गर्दा कर्मचारीहरु युनियन समेत बैंकको वेथितिबारे चुप नै रहेको प्रष्ट देखिन्छ । यसरी धितोले नै धान्न नसक्ने भएका अपचलनमा वर्गिकृत कर्जाहरु लक्ष्मी बैंक सनराइजसँग समान हैसियत र प्रतिष्ठा कायम राख्न अपलेखनको प्रकृयामा लागेको प्रष्ट हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्