Skip to content
Shikhar Insurance
National Life

टियुले विद्यालय तहमै ‘भ्रष्टाचार निवारण’ पढाउन पहल गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लगायत विश्वका अन्य विकशित तथा विकासउन्मुख मुलुकहरूमा पनि सुशासन तथा भ्रष्टाचार निवारण समन्धी विभिन्न तरिकाले शिक्षण संस्थाहरुले तल्लो लेभल देखिनै सुशासनको बारेमा अध्यापन गर्दै आएका छन् । सुशासनका पक्षमा र भ्रष्टाचारको बिरुद्दको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्थीहरुलाई शिक्षित गर्दै लानुपर्ने आवश्यकता महशुस भएको छ । त्रिभुवन विश्वविद्यालयको यस संस्थाले आयोजाना गरेको एक कार्यक्रमको अबसरमा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले यो भावना प्रकट गरेका हुन् ।

संस्थाले स्नातकोत्तर तह पहिलो शैक्षिक सत्रका विद्धार्थीहरुलाई स्वागत गर्ने क्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रम संगै सुशासनलाई पनि संगै सुधार गर्दै लान सकियो भने दिगो रुपमा आर्थिक बिकाश गर्न सहयोग पुग्ने कुरा बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका डीन प्रा डा कुशुम शाक्यले संसारभरी नै सुशाशन को महत्व बढ्दै गएको र यसले समग्र बिकाशमा ठुलो सहायोग पुग्ने र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरि यस्तो बिसय त्रिभुवन विश्वविद्यालयले सुरु गरेको बताइन।

त्यसैगरि त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रिय अर्थसास्त्र बिभागका सहप्राध्यापक डा रमेश पौडेलले कुनै पनि अशल व्यक्ति र शैक्षिक संस्थाले देश्मा सुशासन स्थापित गर्न र भ्रष्टाचार बिरोधि चेतनाको बिकाश गर्न योगदान गर्नु पर्ने बताउँदै आवस्यक परे त्रिभुवन विश्वविद्यालयले यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै बिस्तार गर्नु पर्नेमा जोड दिए । आजको दिनमा हाम्रो देशमा जसरि सुशाशन बिग्रेको छ त्यसलाई झन् नबिग्रियोस भनेर यस्ता कार्यक्रमहरु राम्रो संग अगाडी बढाउनु पर्ने आवश्यकता उनले औँल्याए । उनले यो विषयको अध्ययन पढाइ सम्पन्न गरिसकेपछी विद्यार्थीले रोजगारीको बजारमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे ।

यसै, क्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका सहायक डीन प्रा. डा. तारा प्रसाद भुसालले विद्यार्थीहरुले पढ्ने विभिन्न सेमेस्टरको बारेमा बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तन्ब्य ब्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार नियन्त्रण अध्ययन केन्द्रका अध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा. गोपाल प्रसाद तिवारीले सुशाशन तथा भ्रष्टाचार निवारणको अध्ययन अध्यापनले व्यक्ति र समाजमा जवाफदेहिता बढाउने र नेपाल जस्तो बिकासशील देशमा शासनको प्रभाकरिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रशासनको तर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी समाजका प्रतिनिधि र नयाँ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्