Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा “ग्लोवल मनी विक”को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ चैत्र १४, मंगलवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०७९ चैत्र ६ देखि १२ गतेसम्म “ग्लोवल मनी विक” २०२३ अभियान अन्तर्गत उक्त कार्यक्रम सन्चालन गरेको थियो ।

उक्त अवसरमा बैंकका कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको समेत व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरियो । साथै, “ग्लोवल मनी विक” २०२३ को “प्लान योर मनी, प्लान योर फ्यूचर” सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरियो ।

देशैभर १३० कार्यालयहरु र १२३ ए.टि.एम सञ्जाल रहेको यस बैंकले विगतका वर्षहरुमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्