Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको छाउपडी उन्मूलन कार्यक्रममा सहयोग

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलनका लागि आर्थिक सहयोग प्रदान गरेको छ । सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि वर्क नेपाल द्वारा साञ्चालित “छाउपडी एण्ड मेन्सुरल हेल्थ हाइजिन म्यानेजमेन्ट प्रोजेक्ट” मा आर्थिक सहयोग प्रदान गर्नेभएको हो ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने छ ।

यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले वर्क नेपाल लाई आर्थिक सहयोग प्रदान गरेको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त कार्यक्रममा सहयोग गर्ने भएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्