काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त भएका छन् । कम्पनी संचालक समितिको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेपछि क्षेत्री सिइओ बनेका हुन् । उनले आगामी चार बर्षसम्म कम्पनीको नेतृत्व गर्नेछन् । क्षेत्रीलाई तलब भत्ता सहित बार्षिक एक करोड २० लाख प्राप्त गर्नेछन् । उनले चार बर्से कार्यकालमा ४ करोड ८० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको हो । कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्