Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, ३ लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताको बुधबारदेखि निरन्तर घटेको सेयर बजार यस दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा ३ लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार २६.८५ अंकले १,८८८.२९ को विन्दुमा आएको छ । यो करिब साढे ३ महिनायताकै न्यून विन्दुमा झरेको हो । त्यसैगरी, ठु्ला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेर ३५६ को विन्दुमा झरेको छ ।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेपनि माया खोला हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३२७ रुपैयाँ ६० पैसाबाट ३५३ रुपैयाँ ३० पैसा पुगेको हो । त्यसैगरी एशियान हाइड्रोपार कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत, कालिन्चोक दशर्नको ६.०१ प्रतिशत र गुँरास लाइएफ इन्स्यारेन्सको ४.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यसदिन दिनभरीमा २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा खरिदबिक्री भए । नेप्सेका अनुसार कारोबारमा आएका मध्य १९ कम्पनीको सेयर मूल्य बढेको छ भने, १९३ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्ते, एनआईसी एशिया बैंकको ७ करोड ९५ लाख नेष्डो सामुदायिक लघुवित्तको ७ करोड, नबील बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्टको २ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँचभित्र छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.८४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्