काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चैत २१ गतेदेखि ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत -२०८९/९०’ जारी गर्न लागेको हो ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रूपैयाँ बराबरको ४० लाख कित्ताले हुने ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । १० वर्ष अवधिको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । यस ऋणपत्रका लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।
बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट र १६ लाख कित्ता सर्वसाधारणलाई नेपालीहरुमा सार्वजनिक निष्काशनबाट बिक्री गरेको छ । जसबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएकोमा ४५ हजार कित्ता बाँडफाँट गरिएको छ ।
यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्