Shikhar Insurance
National Life

बीमा कम्पनीहरुको हैसियत मलाई थाहा छ, सुधार्ने अन्तिम हतियार कारवाही नै होः सुर्य सिलवाल

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि आफ्नो अन्तिम हतियार कारवाही नै रहेको बताएका छन् । बीमा कम्पनीहरुलाई धमाधम मर्जमा पठाएर ठूलो र सबल बनाउने अभियान जारी राखेको बताउँदै उनले अब कारवाहीको डण्डा चलाएर सुधारको अभियान आरम्भ गर्ने संकेत गरे ।

प्राधिकरणले पछिल्लो समय केहि कम्पनीहरुलाई धमाधम नगद जरिवानासहितको कारवाही गरिरहेको छ । केहि कम्पनीहरुलाई थप कारवाही गर्ने तयारी समेत प्राधिकरणले गरिरहेको छ । जीवन बीमा तर्फ सम्पति सुद्धिकरणमा कारवाही हुँदैछ भने निर्जीबन बीमा कम्पनीहरुलाई उधारो बीमा र रेट कटिङमा कारवाही हुँदैछ । दावी भुक्तानीमा आनाकानी गर्ने कम्पनीहरु पनि धमाधम कारवाहीमा परिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘हामीले बीमा क्षेत्रको सुधारका लागि सबै प्रयास गरेका छौं, बीमा प्रति नागरिक र सरकार दुबैको विश्वास बढाउनका लागि अब हामीसँग रहेको अन्तिम विकल्प भनेको कारवाही नै हो’, अध्यक्ष सिलवालले भने । उनले आफुलाई कुन बीमा कम्पनीको हैसियत के हो भन्ने कुरा स्पष्ट जानकारी रहेको पनि बताए । ‘बीमा कम्पनीहरुको हैसियत हामीलाई सबै थाहा छ, कुन कम्पनीको हैसियत के हो ? सुक्ष्म रुपले हेरेका छौँ । अहिले मर्जर छ भनेर चुप लागेर बसेका हौं । अब सबलाई हैसियत अनुसारको व्यवहार गर्छाै ।’

उनले बीमा कम्पनीहरुबीच भैरहेको मर्जर सबै कुराको उपचार होईन तर धेरै कुराको उपचार भएको पनि बताए । ‘मर्जरको सिनर्जिलाई उपयोग गर्नुस, बीमा प्रति सरकारले ध्यानै दिएको थिएन । हामीले बल्ल बुझाउन थालेका छौं । मर्जरपछी मान्छेहरुको मन मिलाउनु होला ।’, अध्यक्ष सिलवालले भने । उनले बीमा कम्पनीहरुको मर्जरमा अहिले सम्म कुनै समस्या नआएको दावी पनि गरे ।

बीमा भनेको मरेपछि आफन्तलाई होइन, जिउँदै आफ्ना लागि हुनु पर्छ भन्ने मान्यतामा काम गर्न पनि कम्पनीहरुलाई सुझाव दिए । अहिले टर्म पोलिसीहरु प्रति नागरिकहरुको बिशेष रुचि देखिएकाले नयाँ नयाँ पोलिसी बनाउने तर्फ कम्पनीहरु अग्रसर हुनुपर्नेमा जोड दिए । बीमा कम्पनीहरुले संस्थागत समाजिक उत्तरदायित्वको रकमबाट गरिबहरुको निःशुल्क बीमा गराउने बिषयमा आवश्यक तयारी भैरहेको पनि बताए ।

सरकारले सामाजिक सुरक्षाको काम बीमा मार्फत अघि लैजानु पर्नेमा जोड दिए । ‘सरकारले समाजिक सुरक्षाका धेरै कामहरु बीमा मार्फत अघि बढाउनुपर्छ, स्वास्थ्य बीमामा १४ अर्बको भुक्तानी हुदैछ, त्यो कम्पनी तिर आउनु पर्छ ।’, सिलवालले भने । उनले कोरोना बीमामा सरकार जमानी बसेर पनि पर्याप्त रकम प्राप्त नभएकाले दावी भुक्तानी दिन नसकिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्