Shikhar Insurance
National Life

१२औं राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक, पुरुष भन्दा महिलाकाे संख्या साढे ६ लाख बढी

सिंहदरबार संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तथ्यांकअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ । भने वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्