Skip to content
Shikhar Insurance
National Life

नेपाल रेमिटबाट पठाएको पैसा राष्ट्रिय बाणिज्य बैंकबाट भुक्तानी पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्राली र राष्ट्रिय वाणिज्य बैँकबिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी २६५वटा शाखा कार्यलय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैँकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै राष्ट्रिय वाणिज्य बैँकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछन् ।

नेपाल रेमिट इन्टरनेशनल बिगत १७ वर्ष देखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो । विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैँक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्