Skip to content
Shikhar Insurance
National Life

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको माग–‘सुरक्षाको ग्यारेन्टी गरियोस्, अन्यथा सरकारकै विरोध उत्रिन्छौं’

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सरकारसँग आफ्नो सुरक्षाको पूर्ण ग्यारेन्टीको माग गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई उत्श्रृंखल समूह तथा व्यक्तिले कुटपिट गर्न थाले पछि सरकारले कर्मचारीको सुरक्षाको ग्यारेन्टी नगरे वित्तीय क्षेत्रका २० हजार बढी कर्मचारी एक जुट भइ सरकारकै विरोध गर्ने भएका हुन् ।

पछिल्लो समय कानून हातमा लिई केही उत्श्रृंखल समूह तथा व्यक्तिहरुबाट बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरु प्रति आमजनमानसमा नकारात्मक सन्देश प्रवाह हुने खालका भ्रामक तथा गलत प्रचार–प्रसार एवं अराजक गतिविधीहरु भइरहेको छन् । यस्ता घटनाहरु प्रति खेद प्रकट गर्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले पेश विज्ञाप्ती जारी गरेको छ ।
त्यस्ता अराजक गतिविधीले देशको बैकिङ्ग तथा वित्तीय सेवा प्रवाहमा असर पार्नुको साथै कर्मचारीहरुको जीउधन समेत असुरक्षित हुन गई समग्र वित्तीय क्षेत्रमा सुरक्षा चुनौती सृजना भन्दै कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेन्टीको माग सरकार तथा सम्बन्धित निकायसँग संघले गरेको हो । पछिल्लो केही महिना यता वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरु माथि अभद« व्यवहार तथा भौतिक आक्रमण समेत भइरहेको छ भने, म्याग्दी जिल्ला स्थित एनआईसि एशिया बैंक शाखा प्रमुख विनोद सापकोटा र कर्मचारी प्रकाश आले माथि आक्रमक हुँदा उनीहरु गम्भिर घाइते भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता घटाना प्रति खेद प्रकट गर्दै संघले प्रेश विज्ञाप्तीमा भनेको छ–‘राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको वित्तीय संस्थाहरुमा सेवा प्रवाहको आफ्नो कर्तव्य निर्वाह गर्न कार्यरत कर्मचारीहरुमा त्रासपूर्ण वातावरण सिर्जना भइरहेको अवस्था रहेकोले नेपाल सरकारले कानून विपरीतको अराजक घटनाहरु नहुन दिन र कानून हातमा लिई अराजक गतिविधिहरु गर्नेलाई कानूनको दायरामा ल्याई हदै सम्मको सजाय गर्न र बेलैमा यस्ता गतिविधि रोक्न यस संघको जोडदार माग गर्दछ । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भय रहित वातावरणमा सुरक्षित तवरले निर्वाद रुपमा कार्य गर्ने वातावरण सिर्जना गरियोस् भनी नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकृष्ट गराउँदै यस्ता घटना पुनः नदोहोरिन दिन र कर्मचारीहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न यस संघ जोडदार माग गर्दछ । अन्यथा यस क्षेत्रका सम्पूर्ण कर्मचारीहरु एकजुट भई यस संघको नेतृत्वमा कडा बिरोधका कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुने व्यहोरा जानकारी गराईन्छ ।’

विधिसम्वत रुपमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय/शाखाहरु बन्द गर्ने/गर्न लगाउने, वित्तीय सेवा प्रदान गर्न खटिएका कर्मचारीहरुलाई धम्क्याउने, तर्साउने, सांघातिक आक्रमण गर्ने जस्ता गैह्र कानुनी तथा उत्श्रृंखल गतिविधिहरुको संघ घोर विरोध गरेको हो ।

नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत २०,००० भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै क्रियाशिल रहेको नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले सरकारी तथा निजी क्षेत्रमा स्थापित भएका ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरुको नेतृत्व गर्दै वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीहरुको पेशागत हकहितको संरक्षण एवं वित्तीय क्षेत्रमा पारदर्शिता, सुशासन कायम तथा मर्यादित कामको सिर्जना गरी यस क्षेत्रको विकास र स्थायित्वका लागि निरन्तर क्रियाशिल रहँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्