Skip to content
Shikhar Insurance
National Life

मैले एमसीसी पास हुन्छ भनेको छैन-झलनाथ खनाल

Hyundai
NCELL
NIMB

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता झलनाथ खनालले आफुले संसद् पुनस्स्थापना भएपछि दिएको कुनैपनि अन्तर्वार्तामा एमसीसी सदनबाट पारित गरिन्छ भनेर नभनेको बताएका छन् ।

केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ स् झलनाथ खनाल भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको खनालको निजि सचिवालयले आज एक विक्षप्ति जारी गरेर जानकारी गराएको छ ।
एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित मात्र पारित हुनुपर्छ भन्ने अडानमा खनाल अहिले समेत रहेको , आफु सदैब राष्टियता , नेपाल र नेपालीको हितमा रहने जिकिर समेत गरेका छन् ।

अडानलाई विचलित तुल्याउनेगरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतस् अफवाहमा आधारित रहेको छ । यो र यस्ता प्रकारका भ्रामक, कपोकल्पित दुरासयपूर्ण हल्लाका पछि नलाग्न समेत आम नागरिकलाई खनालको सचिवालयले अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्