Skip to content
Shikhar Insurance
National Life

कुमारी क्यापिटलले चैत ९ गतेदेखि १० करोड इकाई म्युचुअल फन्ड निष्काशन गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी क्यापिटलले चैत ९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सुनौलो लगानी योजना’ को प्रतिइकाई १० रुपैयाँको दरले कुल १० करोड इकाई निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

क्यापिटलले निष्काशन गर्न लागेको कुल इकाई मध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । भने, बाँकी ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक कुमारी क्यापिटलले जनाएको छ ।

उक्त म्युचुअल फन्ड निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्