काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अबैध मतदाता कायम गरिएको भन्दै १२ विद्यार्थी संगठनहरुले आन्दोलन थालेका छन् । क्याम्पस प्रमुख र निर्वाचत अधिकृतको मिलेमतोमा भर्ना नै नभएका विद्यार्थीहरुलाई मतदाता सूचिमा समावेश गरेको भन्दै अनेरास्ववियू, नेबिसंघ, अखिल क्रान्तिकारीसहित १२ विद्यर्थाी संगठनले क्याम्पस गेटमा कालो ब्यानर टाँगेका छन् । उनीहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा समेत माग गरेका छन् ।
क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले राजनीतिक आस्थाका आधारमा एमाले निकट अनेरास्ववियुका पक्षमा काम गरेको १२ विद्यार्थी संगठनको आरोप छ । मतदाता नामावलीमाथि निष्पक्ष छानविन गर्न समेत उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्