Shikhar Insurance
National Life

१२ करोड ९ लाख ठगी आरोपमा सहकारीका ३ सञ्चालक पक्राउ, अध्यक्ष शर्मासहित ५ फरार

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १७:१७
Hyundai
NCELL
NIMB

मोरङ । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका ३ जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख ठगीको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका-१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर-२ का मन्दीप खवास रहेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका १ सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार ७ सय १३ सदस्यमध्ये विराटनगरमा मात्र ४ हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब १ अर्ब ५० करोड रुपैयाँ रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ५ जना फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई गठी गरेको देखिन आएको छ ।

विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्य क्षेत्र नेपालभर रहेको छ । प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई ५ दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको संख्या बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्