काठमाडौं । राजधानीको रत्नराज्य(आरआर) लक्ष्मी क्याम्पसमा सत्तारुढ गठबन्धन निकट विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका सन्दर्भमा क्याम्पस प्रमुख र निर्वाचन कमिटी प्रमुख नै धाधलीमा उत्रिएको भन्दै नेबिसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूसहित ६ विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् ।
उनीहरुले क्याम्पस प्रमुख जिवनधर ज्ञवाली र निर्वाचन समिति प्रमुख बिनोद मञ्जनले एमाले निकट विद्यार्थी संगठनका पक्षमा धाधलीपूर्ण काम गरेको आरोप ६ विद्यार्थी संगठनहरुले लगाएका छन् । क्याम्पस प्रमुख र निर्वाचन समितिको मिलेमतोमा थपिएका नामावली हटाउनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्