Skip to content
Shikhar Insurance
National Life

ग्लोबल बैंकका यी २२३ जना साहुले सेयरधितोमा लिए साढे २ अर्ब ऋण (ऋणीको सूचिसहित)

Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रबाट ८० अर्ब ५० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो । जसको ३.१० प्रतिशत कर्जा भने ग्लोबल आइएमई बैंकका साहुहरुले नै उपभोग गरेको छन् । ग्लोबल आइएमई बैंकका २ सय २३ जना संस्थापक सेयरधनीले गत असार मसान्तसम्म सेयरधितो राखी विभिन्न बैंकहरुबाट २ अर्ब ४९ करोड  ७८  लाख रुपैयाँ बढी कर्जा लिएको तथ्य सिंहदरबारलाई प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो राखेर एक व्यक्ति वा फर्मले एउटा बैंकबाट ४ करोड वा पुरै बैंकिङ क्षेत्रबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत अघिल्लो आवको सो व्यवस्थालाई संसोधन गरेर १२ करोड रुपैयाँको सिमा मात्रै कायम राखेको छ । तर ग्लोबलका संस्थापक सेयरधनीहरुले भने एउटै बैंकबाट ५९ करोड रुपैयाँ भन्दा बढीसम्म कर्जा लिएका छन्, त्यो पनि सेयरधितोमा ।

बैंकका यी संस्थापकहरुले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनीसँगै विभिन्न सहकारीहरुमा समेत आफ्नो नाममा रहेको १ करोड ६९ लाख ६७ हजार ९१८ कित्ता संस्थापक सेयर धितोमा राखि कर्जा लिएका हुन् । जसमा सबैभन्दा बढी ५९ करोड ३४ लाख ४६ हजार रुपैयाँ र सबैभन्दा कम ७७ हजार रुपैयाँसम्म आफ्नो नाममा रहेको ग्लोबल आइएमई बैंकको संस्थापक सेयर धितो राखी कर्जा लिएका छन् । यस्तै, ग्लोबलको सेयर धितोराखी ४ जना संस्थापकले १० करोड रुपैयाँमाथि ६० करोड रुपैयाँसम्म, ३३ जनाले १ करोडमाथि १० करोड रुपैयाँसम्म, ३५ जनाले ५० लाख माथि १ करोड रुपैयाँसम्म, १०२ जनाले १० लाख रुपैयाँमाथि ५० लाख रुपैयाँसम्म र बाँकी ५२ जनाले ५० लाख रुपैयाँभन्दा कम सेयर धितो राखी कर्जा लिएका हुन् ।

१० करोड रुपैयाँ बढी सेयर धितो कर्जा लिने ग्लोबलका साहुहरु
ग्लोबलको संस्थापक सेयर धितो राखी सबैभन्दा बढी होमल्याण्ड डेभलपर्सले एनएमबि बैंकबाट कर्जा लिएको हो । ग्लोबल आइएमईको २२ लाख ७८ हजार ४३३ कित्ता संस्थापक सेयर होल्डर होमल्याण्डले एनएमबि बैंकमा ५ लाख ५४ हजार ६०३ कित्ता सेयर धितो राखी ५९ करोड ३४ लाख ४६ हजार ३३६ रुपैयाँ कर्जा लिएको हो ।

यस्तै, ग्लोबलमा १९ लाख ८८ हजार ७२३ कित्ता संस्थापक सेयर रहेको निमिष इन्भेष्टमण्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा १५ लाख ८५ हजार ९०३ कित्ता सेयर धितो राखी २३ करोड ७८ लाख २२ हजार रुपैयाँ कर्जा लिएको छ ।

ग्लोबलका संस्थापकहरु राजेश उपाध्यायले १ लाख ५८ हजार कित्ता सेयर धितो राखी एनआइसी एशियाबाट १५ करोड ९९ लाख रुपैयाँ र टिकाराम न्यौपानेले ५ लाख ९४ हजार कित्ता सेयर धितो राखी प्रभु बैंकबाट १० करोड ५१ लाख रुपैयाँ कर्जा लिएका हुन् । ग्लोबलमा उपाध्यायको ४ लाख ३० हजार २०९ कित्ता र न्यौपानेको ८ लाख ४० हजार ४६६ कित्ता संस्थापक सेयर छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्