काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले शुक्रबारदेखि ४२ लाख ४८ हजार ९ सय ३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सामुहिक लगानी कोषका लागि निष्काशन गरि सेयर बिक्री गरिसकेको छ ।
कम्पनीले ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्न छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशतले हुने ४ लाख ९९ हजार ८ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशतले हुने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।
फागुन २६ गते अर्थात आजबाट बिक्री खुला भएको सेयर फागुन ३० गतेसम्म भर्न पाइन्छ ।
सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कहाँबाट दिन सकिन्छ आवेदन रु
प्रतिक्रिया दिनुहोस्