काठमाडौं । एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भक्तपुरको गुण्डु पुगेका छन् । नेता बस्नेतका घर गाउँ गुण्डुमा पुगेर काठमाडौं महानगरका मेयर साहले लामो छलफल गरेर फोटो खिचाएका छन् ।
उनीहरुबीच एक दर्जन भन्दा बढी बिषयमा छलफल भएको बताईएको छ । केहि समय अघिसम्म एक अर्का विरुद्ध वाक युद्धमा रहेका बस्नेत र मेयर साहले एक अर्कासँगको सम्बन्ध सुधार र सहकार्यका बारेमा छलफल गरे । भेटमा दुबै जनाले मिलेर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका थिए ।
उनीहरुबीच यी बिषयमा छलफल भएको थियो
१. वर्तमान राष्ट्रिय राजनीति,
२. मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३. मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४. सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५. कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६. हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७. सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८. भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९. केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०. मनोहरा प्लानिङ आयोजना,
११. स्मार्ट सिटी,
१२. भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३. प्राणी उद्यान केन्द्र,
१४. अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५. वातावरण प्रदुषण नियन्त्रण,
प्रतिक्रिया दिनुहोस्