Shikhar Insurance
National Life

बैंकका साहु कर्मचारीको संरक्षरणमा, भन्छन्–‘कालामोसो दल्नेलाई कठघरामा उभ्याइयोस्’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ता अर्थात् साहुहरुले आफ्ना कर्मचारीको संरक्षणमा आवाज उठाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका साहुहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले प्रेश विज्ञाप्ती जारी गर्दै आफ्ना कर्मचारीहरुलाई अभद्र, उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमणहरुलाई सरकारले नै कठघरामा उभ्याउनु पर्नेमा ध्यानाकर्षण गराएको हो ।

परिसंघद्वारा जारी प्रेश विज्ञाप्तीमा भनिएको छ–‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गंभिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहनु पर्ने परिसंघको भनाइ छ । देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न÷गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा परिसंघले अपिल गरेको हो ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग छ । स्वयं नेपाल सरकार, आम उद्यम÷व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएको परिसंघको गुनासो छ ।

ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको जारी विज्ञाप्तीमा उल्लेख छ ।

गत फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको थियो । पिल्डमा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि विप्लव समुहका २ जना कार्यकर्ता कालोमासो दलेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्