काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४१ अंकले बढेर १,९५२.६६ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेर मापक सेन्सेटिभ इण्डेक्स पनि १.५३ अंकले बढेर ३७०.२४ को विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार मंगलबार २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४ लाख रुपैयाँमा खरिदबिक्री भए । यसदिन कारोबारमा आएका १६३ कम्पनीको सेयर मूल्य बढेको छ । ४५ कम्पनीको घटेको छ भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार शुभम् पावरको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सुपर म्यादी हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत र सिदार्थ इन्भेष्मेण्ट ग्रोर्थ स्क्रिम २ को मूल्य ८.०२ प्रतिशतले बढेको छ । भने, सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.१८ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा साल्ट ट्रडिङ कर्पाेरेशनको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, हिमालयन डिस्टिलरीको ९ करोड ३९ लाख, छिमेकी लघुवित्तको ५ करोड ४५ लाख, शिवम् सिमेन्टको ३ करोड ११ लाख र ३ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यसदिन १३ वटा समुहगत उपसूचकहरु मध्य ११ वटा समूहको परिसूचक बढेको छ । भने बाँकी २ वटा समूहको परिसूचक घटेको छ । यसदिन सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १.६७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्