काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ । प्रचण्डलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायी सर्वोच्च अदालतमा मुद्धा हालेका हुन् ।
१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालत प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) भन्दै फर्काएका थिए ।
दरपिठ विरुद्ध परेको निवेदनमा न्यायाधीशद्धय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्