Shikhar Insurance
National Life

सदन निर्माणका लागि वडाध्यक्ष श्याम साहले गरे २ करोड बराबरको जग्गादान

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

गोलबजार । सिरहाको लहान नगरपालिका-८ का वडाध्यक्ष श्याम साहले २ करोड रुपैयाँ बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान -७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् ।

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भने, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्