Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तद्वारा १४.७५ प्रतिशत नगद लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट सयेर धनीहरुलाई वितरण गर्न कुल १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लघुवित्तले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको सञ्चालक समितिको फागुन २१ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको साधारण सभाले पारित गरेपछि सर्वसाधारण सेयरधनीले वितरण गरिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्