काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भूत प्रेतहरु जाग्दैमा आफुहरु नडराउने घोषणा गरेका छन् । माओवादी आन्दोलनका वेपत्ता तथा शहिद परिवारका सन्तानहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अहिले प्रतिक्रियावादी भूतप्रेतहरु जागेको तर आफुहरु नडराउने घोषणा गरेका हुन् । उनले अब जनयुद्धकालिन माओवादीहरु एक जुट भएर अघि बढ्नुपर्ने समय आएको पनि बताए । माओवादीका सबै धारहरु एक भएर सडकमा आउने हो भने प्रतिक्रियावादीहरु भाग्ने अवस्था आउने पनि उनको धारणा थियो ।
उनले बाबुराम, विप्लब, किरण र धर्मेन्द्रहरुले हासिल गरेका अनुभवहरुलाई ग्रहण गरेर एक हुन सकेको दिन माओवादीहरु फेरी निर्णायक शक्तिका रुपमा स्थापित हुने दावी पनि गरे । अहिले आफुले चर्काे स्वरमा धेरै बोल्ने अवस्था नरहेको पनि उनको भनाई थियो । उनले आफु प्रधानमन्त्री भएकाले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने ठाउँमा रहेको स्पष्ट पारे ।
‘म यीनै घेराबन्दीहरुलाई चिर्नका लागि अघि बढिरहेको छु, मैले बोल्ने होइन, काम गर्ने समय हो यो’, प्रचण्डले भने । उनले किरण, बाबुराम, विप्लब र धर्मेन्द्रहरुलाई एकतामा आउन आव्हान पनि गरे ।
प्रतिक्रिया दिनुहोस्